
दार्चुला । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
१ लिटर पेट्रोलमा रु. ३ र डिजेल÷मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ । जसअनुसार अब पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १५७.५, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ तय भएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

पत्रकार मिश्र लोकदर्पण मिडियाका लागि सामाजिक र समसामयिक विषयमा कलम चलाउछन् ।