दार्चुला । सङ्घीय संसद्को दुवै सदनको बजेट अधिवेशन आह्वान भएको छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गर्नुभएको हो ।

हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । गएको माघ १८ गते शुरू भएको हिउँदे अधिवेशन राष्ट्रपति पौडेलले गएको चैत १९ गते अन्त्य गर्नुभएको थियो ।

शिक्षकको माग अनुसार विद्यालय शिक्षा ऐन जारी पनि गर्ने लक्ष्यसहित सरकारले बजेट अधिवेशन आह्वानको सिफारिश गरेको हो । हिजो मन्त्रिपरिषद् बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलगायत पारित गर्नका लागि संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?