बैतडीको १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्योग मन्त्री भण्डारीद्धारा उद्घाटन

दार्चुला । बैतडीमा १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर १ को विशालपार्क खेलमैदानमा सञ्चालन भइरहेको जिल्ला स्तरीय प्रतियोगिताको बुधबार (आज) उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको हो ।

जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन कुमार भण्डारीको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारी प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै कार्यक्रममा संविधानसभा सदस्य नरेन्द कुवर, सुदुरपश्चिम प्रदेससभा सदस्य जानकी ऐर बम, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सुदूरपश्चम प्रदेश नीति तथा योजना आयोगका सदस्य कर्ण बहादुर कुवर, दशरथचन्द नगरपालिकाका प्रमुख पुष्कर राज जोशी, पुर्चौडी नगरपालिकाका प्रमुख दिपक बम, सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामी लगायत जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुहरुको सहभागिता रहको पुर्चौडीबाट लोकदर्पण समाचारदाता हरी साउँदले जानकारी दिनुभएको छ।

उद्घाटन कार्यक्रममा पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद जोशीले स्वागत मन्तब्य राख्नुभएको थियो । प्रतियोगितामा आज विभिन्न खेलहरु सञ्चालन भएको र भोलीदेखि निरन्तर प्रतियोगिता अगाडी बढ्ने खेलकुद विकास समितिका अध्यक्ष चमन भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?