गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति, अर्थमन्त्री नेतृत्वको समितिले सिफारिस गर्ने

दार्चुला । सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति गरेका छन् । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर डा. गुणाकर भट्टलाई बनाउन सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुटेको हो।

हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहनुभएका भट्टले अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । गभर्नर बन्ने दौडमा रहेका अन्य पाँच जनालाई पछि पार्दै कांग्रेस सभापति देउवाको प्रस्ताव र प्रधानमन्त्री ओलीको सहमतिमा भट्टले बाजी मार्ने निश्चित भएको हो।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री ओली र सभापति देउवाबीचको छलफलमा भट्टलाई गभर्नर बनाउने सहमति जुटेको देउवानिकट कांग्रेस नेताले बताएका छन् । यद्यपि, भट्टसहित तीन जनाको नाम अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषद्मा पेस गरेपछि गभर्नर नियुक्तिको औपचारिक निर्णय हुनेछ। प्रक्रियामा रहेकोले चाडैं गभर्नर नियुक्त हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले बताउनुभयो ।

गभर्नर बन्ने पक्का भएपछि भट्टले मन्त्रिपरिषदमा नाम जानुअघि राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट भट्टले राजीनामा गर्नुहुनेछ । गभर्नरको लागि ६ जनाको नाम आएपनि भट्टको नाममा सहमति जुटिसकेको बताइएको छ । राष्ट्र बैंकका क्याडर भट्ट गभर्नरका लागि आएका नामहरूमध्ये स्वच्छ र सक्षम मानिन्छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?