दार्चुला । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समय (बैशाख ) ११ गतेबाट सञ्चालन गर्ने निर्णय गरेसगै दार्चुलामा तयारी तिव्र पारिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका अनुसार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेसगै जिल्लामा तयारी तिव्र पारिएको बताएको छ । जिल्लाभरीका १३ वटा परीक्षाकेन्द्रहरुबाट कक्षा १२ को परीक्षा सञ्चालन हुने र परीक्षको लागि आवश्यक तयारी भइरहेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका १३ वटै परीक्षाकेन्द्रको लागि केन्द्राध्यक्ष यसअघिनै छनोट गरिसकेको र अहिले केन्द्राध्यक्षहरुसंग सम्र्पक गरेर परीक्षा सञ्चालन गराउन निर्देशन दिइउको बताइएको छ । परीक्षाको लागि आवश्यक उत्तरपुस्तीका परीक्षाकेन्द्रहरुमा यसअघिनै पुगिसकेको र प्रश्नपत्र वेवसाइट मार्फत उपलब्ध गराउने तयारी भइरहेको छ ।
परीक्षामा सहभागि हुने परीक्षार्थीहरुलाई आवश्यक तयारी गर्न उहाँले आग्रह समेत गर्नुभएको छ ।





प्रतिक्रिया