विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गर्न विद्यालयहरुलाई व्याँस गाउँपालिकाको अनुरोध

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाले विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गर्न विद्यालयलाई अनुरोध गरेको छ ।

बुधवार गाउँपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै बैशाख ११ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक बितरण गर्न अनुरोध गरेको हो ।

विगत २२ दिनदेखि शैक्षिक आम हड्तालले शैक्षिकशत्र तथा विद्यार्थी भर्ना कार्यक्रम, पालिकास्तरिय परीक्षा तथा विद्यार्थी ग्रेड वृद्धी परीक्षा लगायत शैक्षिक गतिविधि बन्द हुदा सामुदायीक विद्यालयहरुमा अभिभावक तथा विद्यार्थीहरुको गुनासो बढनुका साथै विद्यार्थीहरु घरमा रहदा कुलतमा फस्ने र पलायन हुने डर बढेकाले आन्दोलनमा रहेका शिक्षक कर्मचारी बाहेकका कर्मचारीहरुले बैशाख ११ गते (भोली) बाट शैक्षिक गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको ब्व्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामी र उपाध्यक्ष विनोद सिंह कुवँरद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

साथै गाउँपालिकाले शिक्षक कर्मचारीहरुका जायज मागहरु पुरा गर्न बैशाख १२ गते बस्ने संसद अधिवेसनबाट शिक्षा ऐन जारी गर्न तथा शिक्षा ऐन जारी हुने विश्वसनीय आधार ल्याएर विद्यालय सञ्चालन कर्मचारीहरुलाई काममा फर्काउन समेत सरकारलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?