दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा विद्यार्थी भर्ना अभियान तथा शैक्षिक गतिविधि सुरु भएको छ ।
शिक्षक आन्दोलन जारी रहेको अवस्थामा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गर्न गाउँपालिकाभित्रका विद्यालयहरुलाई बुधवार (हिजो) गाउँपालिकाले अनुरोध गरेको थियो । लामो समयसम्म विद्यालय बन्द रहदा बालवालिकाहरुमा नकरात्मक असर पर्ने तथा पलायन हुने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले विद्यालयहरुलाई विद्यार्थी भर्ना अभियान तथा शैक्षिक गतिविधि सञ्चालन गर्न अनुरोध गरेको व्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले जानकारी दिनुभयो ।
सोही अनुसार बिहिवार (आज) बाट गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान तथा शैक्षिक गतिविधि सुरु भएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले शिक्षक कर्मचारीहरुका जायज मागहरु पुरा गर्न बैशाख १२ गते (भोली) बस्ने संसद अधिवेसनबाट शिक्षा ऐन जारी गर्न तथा शिक्षा ऐन जारी हुने विश्वसनीय आधार ल्याएर विद्यालय सञ्चालन कर्मचारीहरुलाई काममा फर्काउन समेत सूचनामार्फत सरकारलाई आग्रह गरेको छ ।





प्रतिक्रिया