दार्चुला । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
अधिवक्ता अनन्तराज लुईंटेल लगायतले थापालाई अवहेलनामा कारबाही हुनुपर्ने माग राखी निवेदन दर्ता गरेको, सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त निवेदनमाथि आगामी मंगलबार प्रारम्भिक सुनुवाइको मिति तोकिएको छ ।
केही दिनअघि कांग्रेस महामन्त्री थापाले ‘५२ संवैधानिक पदाधिकारीहरुको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भनी अभिव्यक्ति दिएका थिए ।





प्रतिक्रिया