दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा दिवा खाजा व्यवस्थापन समिति र वडा अध्यक्षहरुका लागि एक दिने स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सम्बन्धि पुर्नताजकीय कार्यक्रम सम्पन्न भएको छ ।
सप्रोस नेपालको आयोजनामा सञ्चालन गरिएको कार्यक्रम लेकम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको सप्रोस नेपाल लेकमका फिल्ड प्राविधिक विकास कठायतले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय उत्पादनमा आधारित दाल तथा तरकारीहरुको खपत, आपूर्ती सहजिकरण लगायतका बिषयमा छलफल गरिएको छ । त्यस्तै कार्यक्रममा दिवा खाजा सञ्चालनमा रहेका विद्यालय तथा लाभाम्वित बालवालिकाहरुको बारेमा जानकारी गराइनुका साथै दिवा खाजा कार्यक्रमको बारेमा रिर्पोटिङ गरिएको छ ।पुर्नताजकीय कार्यक्रममा आर्थिक वर्षको हालसम्म गरिएका कार्यक्रमहरु, उपलब्धी चुनैती र अगामी वर्षको रणनितिका विषयमा छलफल गरिएको छ ।
लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशी, शिक्षा शाखा प्रमुख केशब राज ओझा, कृषि शाखा प्रमुख गजेन्द्र नारायण नाथ,वडा अध्यक्षहरु, गाउँपालिकाभित्रका सहकारी संस्थाका प्रमुख एंव प्रतिनिधि सञ्चारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति एंव आतिथ्यता रहेको थियो ।





प्रतिक्रिया