दार्चुला । विगत १ महिना देखि चलिरहेको शिक्षक आन्दोलनका कारण दार्चुलाका सामुदायिक विद्यालयहरुमा शैक्षिक गतिविधि ठप्प हुँदा निजी विद्यालयमा भने चहलपहल छ ।
जिल्लाका केही स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालनको लागि प्रयास भने गरिरहेका छन तर शैक्षिक शत्रको १ महिना वितिसक्दा पनि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान र पठनपाठन सञ्चालन हुन सकेको छैन ।
सामुदायिक विद्यालयहरु बन्द हुँदा निजी विद्यालयहरुमा भने शैक्षिक चहपहल चलिरहेको छ। निजी विद्यालयले शैक्षिक शत्रको सुरुवातबाट नै विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर पठनपाठन समेत सञ्चालन गरिसकेका छन् ।
लामो समयदेखि सामुदायिक शैक्षिक गतिविधि सञ्चालन हुन नसक्दा विद्यार्थीहरु निजी विद्यालयमा भर्ना हुन थालेका छन् । शिक्षकहरुको आन्दोलनले लामो समयदेखि पठनपाठन बन्द हुँदा विद्यार्थीहरुको पढाई प्रभावित भएको भन्दै अभिभावहरुले गुनासो गर्न थालेका छन ।
संस्थागत विद्यालयहरुमा धमाधम पठनपाठन शुरु भएपनि सामुदायिक विद्यालयहरुमा भर्ना अभियान समेत शुरु हुन सकेको छैन् । शिक्षक आन्दोलन लम्बिँदै जाँदा शैक्षिक क्रियाकलापमा असर पर्न थालेको छ ।





प्रतिक्रिया