दार्चुला । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो । प्रहरी स्रोतका अनुसार चौधरीले न्यूनतम सजाय भुक्तान नगरेकाले उनलाई पक्राउ गर्न आदेशले आदेश दिएको छ ।
चौधरीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्त्रिपरिषद्को सिफारिसमा टीकापुर हत्याकाण्डको घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी दिएपछि २०८० साल जेठ १५ गते कारागारबाट रिहा भएका थिए। ५ वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको गणतन्त्र दिवसका अवसरमा १४ वर्ष ९ महिना जेल सजाय छुट भएको थियो।
सर्वोच्चले हाललाई कारागार राख्नु भनेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी विश्वराज अधिकारी विश्व राज अधिकारीले जानकरी दिनुभयो । २०७२ भदौ ७ को टीकापुर घटनामा मारिएका इस्न्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्न चौधरीलाई राष्ट्रपतिले माफी मिनाहा दिनुले कानुनी राज्यको धज्जी उडाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।





प्रतिक्रिया