आईपीएल क्रिकेटमा पन्जाबले चेन्नईलाई ४ विकेटले हरायो

दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ४ विकेटले हराएको छ ।

चेन्नईको १०औं खेलमा यो आठौं हार हो । चेन्नईले दिएको एक सय ९१ रनको लक्ष्य पन्जाबले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

पन्जाबको जीतमा कप्तान श्रेयस अय्यर र ओपनर प्रभसिमरन सिंहले अर्धशतक बनाए । श्रेयसले सर्वाधिक ७२ रन बनाए । त्यसअघि चेन्नई १९ ओभर २ बलमा एक सय ९० रनमा अलआउट भएको थियो ।

पन्जाब १० खेलमा १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई ४ अङ्कका साथ तालिकाको पुछारमा यथावत् छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?