दार्चुला । दार्चुलाका विद्यालयहरुमा शैक्षिक गतिविधिहरु सुरु भएको छ ।
लामो समयदेखि शिक्षक आन्दोलनको कारण बन्द रहेको सामुदायिक विद्यालयको शैक्षिक गतिविधि बुधवार शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमती भएपछि शुक्रवार (आज) बाट सुरु भएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले बताउनुभयो ।
जिल्लाका सम्पुर्ण विद्यालयहरुमा आज बाट नयाँ शैक्षिक शत्रको लागि विद्यार्थी भर्ना अभियान, पाठ्यपुस्तक वितरण, कक्षा सञ्चालन लगायतका शैक्षिक गतिविधि सुरु भएको लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको लटिनाथ माध्यमिक विद्यालय चौपाताका सहायक प्रधानाध्यापक महेश राज जोशीले जानकारी दिनुभयो ।
शिक्षक आन्दोलनकै कारण सामुदायिक विद्यालयले सञ्चालन गरेको गत वर्षको कक्षा १-९ को वार्षिक परीक्षाको नतिजा प्रकाशन रोकिएको थियो, भने जिल्लाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा कक्षा ८ को ग्रेड बृद्धि परीक्षा समेत स्थगित भएको थियो । शैक्षिक गतिविधि सुरु भएसंगै रोकिएको नतिजा प्रकाशन, ग्रेड बृद्धि परीक्षा सञ्चालन हुने विद्यालयहरुले जनाएका छन् ।
विद्यार्थी भर्ना अभियान जेठ महिनाको पहिलो हप्तासम्मै जारी रहने भएकाले आ–आफना बालवालिकाहरुलाई विद्यालय भर्ना गर्न शिक्षा विकास तथा समन्वय इकाइले अभिभावहरुलाई सूचित गरिएको छ ।





प्रतिक्रिया