दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका र महाकाली नगपालिकामा कक्षा ८ को ग्रेड बृद्धि परीक्षा बैशाख २२ र २३ गते सञ्चालन हुने भएको छ ।
शिक्षक आन्दोलनको कारण निर्धारित समयमा सञ्चालन हुन नसकेको आधारभूत तह उर्तिण कक्षा ८ को ग्रेड बृद्धि परीक्षा बैशाख २२ र २३ गते सञ्चालन हुने भएको हो । शुक्रवार (आज) नगरपालिकाहरुले सूचना प्रकाशित गर्दै ग्रेड बृद्धि परीक्षा सञ्चालन हुने मिति र परीक्षाकेन्द्र बारे जानकारी गराएका हुन् ।
प्रकाशित सूचना अनुसार महाकाली नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालय खंलगामा र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर माध्यमिक विद्यालयमा ग्रेड बृद्धि परीक्षा सञ्चालन हुने जनाईएको छ । बढीमा २ वटा विषयमा अनुर्तिण भएका विद्यार्थीहरुले परीक्षामा सहभागिता जनाउन पाउने छन् ।
जिल्लाका अन्य स्थानीय तहहरुले भने ग्रेड बृद्धि परीक्षा सञ्चालन गरेर नतिजा समेत प्रकाशन गरिसकेका छन् ।







प्रतिक्रिया