बालबालिकालाई विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरि भर्ना अभियान चलाउन आग्रह

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले विद्यालय उमेर समुहका सम्पुर्ण विद्यार्थीलाई विद्यालय भर्ना गर्न सुचित गरेको छ।

गाउँपालिकाको सेवा क्षेत्रमा रहेका सम्पुर्ण विद्यालयहरुलाई विद्यालय उमेर समुहका सम्पुर्ण बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरि विद्यार्थी भर्ना गर्न अनुरोध गरिएको लेकम गाउँपालिका शिक्षा शाखा अधिकृत केशव राज ओझाले जानकारी दिनुभयो ।

सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चिता भन्ने आर्दश वाक्य सहित शुक्रबार (आज) बाट सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन भएको छ। गाउँपालिकाले विद्यालय क्षेत्रका अभिभावक सहितको सहभागितामा शैक्षिक शत्र २०८२को लागि छोटो समय अवधिको तालिका निर्धारण गरी भर्ना प्रक्रिया अगाडी बढाउन विद्यालयहरुलाई आग्रह गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले बताउनुभयो ।

लेकम गाउँपालिका भरि १० वटा माध्यमिक र ३७ वटा आधारभुत गरि जम्मा ४७ वटा सामुदायिक विद्यालय रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?