दार्चुला । कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ । गएको वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा शिक्षक÷कर्मचारीलगायतको आन्दोलनका कारण १० दिन सरेको थियो । आजदेखि शुरु हुन लागेको परीक्षामा देशभरबाट पाँच लाख ११ हजारभन्दा धेरै परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डले पाँच हजार दुई सय दुई विद्यालयका विद्यार्थीको परीक्षाका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको जनाएको छ । बिहान ८ बजेदेखि शुरु हुने परीक्षामा आज पहिलो दिन नियमित विद्यार्थीको अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षामा मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर परीक्षा हलमा मोबाइललगायतका सामाग्री लैजान नपाइने जनाएको हो ।
परीक्षा हलमा मोबाइल लगिए जफत गरी कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने बोर्डले चेतावनी दिएको छ । दार्चुलामा पनी १३ वटा परीक्षाकेन्द्रहरुबाट परीक्षा सञ्चालन हुदै छ । दार्चुलामा यस वर्ष २ हजार १ सय बढी परीक्षार्थी परीक्षामा सहभागि हुदैछन् ।





प्रतिक्रिया