दार्चुलाको लेकममा पोषण सप्ताह सम्बन्धी शिक्षा समितिको बैठक सम्पन्न

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका पारम्भिक तह सिकाइ कार्यक्रमको आयोजनामा पोषण सप्ताह सम्बन्धी शिक्षा समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

अमेरिकी कृषि विभाग र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा (सिआरडीएस) नेपालले सञ्चालन गरेको प्रारम्भिक तह सिकाई कार्यक्रम (इजीएल) अन्तरगत शिक्षा समितिको बैठक लेकम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको इजीएलका फिल्ड प्राविधिक गम्भिर सिंह बोहराले जानकारी दिनुभयो ।

कार्यक्रममा इजीएलका फिल्ड प्राविधिक गम्भिर सिंह बोहराले स्थानीय स्तरमा दिवा खाजा व्यवस्थापन, पोषण सप्ताह लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

त्यस्तै बैठकमा शिक्षक घुम्ती बैठक, अभिभावक बैठक, स्थानीय स्तरमा दिवा खाजा सम्बन्धि विद्यालयका प्रध्यानाध्यापकहरुको लागि तालिम सञ्चालन वडा शिक्षा समिति गठन लगायतका विषयहरुमा छलफल गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?