दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मा अवस्थित कृष्ण माध्यमिक विद्यालय लालीमा ३७ वर्ष अध्यापन गरेका शिक्षक लिलाधर ओझाको भव्य बिदाई गरिएको छ । ३७ वर्ष शिक्षण पेशामा बिताएका ओझाले अनिवार्य अवकाश पाएपछि सोमबार विद्यालयले एक कार्यक्रमको आयोजना गरेर बिदाई तथा सम्मान गरेका शिक्षक लोकमणी जोशीले जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षक ओझाले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विद्यालयले दोसल्ला, मायाको चिनो सहित भव्य सम्मान सहित बिदाई गरेको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश दत्त भट्टको अध्यक्षता रहेको कार्यक्रममा लेकम गाउँपालिकाका प्रवक्ता एंव वडानम्बर ३ का वडा अध्यक्ष सुरेश सिह थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
ग्रामीण क्षेत्रमा शिक्षक ओझाले ३७ बर्षसम्म पुर्याएको योगदान नयाँ पिडीका लागि महत्वपुर्ण हुने बताउदै सेवानिवृत जिवन सफलताका शुभकामना सहित शिक्षक ओझाको भव्य बिदाई गरिएको वडाअध्यक्ष थापाले बतानुभएको छ ।





प्रतिक्रिया