लेकम गाउँपालिकामा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकमा निःशुल्क तथा आधारभूत शिक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

पालिका तथा गैर सरकारी संस्थाहरुको सहकार्यमा सामाजिक विकास कार्यालय दार्चुलाको आयोजनामा सोमबार गाउँपालिकाको वडा नम्बर ५ मा रहेको लटिनाथ माध्यमिक विद्यालय चौपातामा कार्यक्रम सञ्चालन गरिएको सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख रामचन्द्र आोझाले जानकारी दिनुभयो ।

सामाजिक विकास कार्यालय दार्चुलाका प्रमुख रामचन्द्र ओझाको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामचन्द्र ओझाले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यक्रमको समीक्षा सहित प्रस्तुतिकरण गर्नुभएको थियो । नेपालको संविधान २०७२ मा शिक्षालाई मौलीक अधिकारका रुपमा स्थापित गरेको अवगत गराउदै आधारभूत शिक्षा अनिवार्य तथा निःशुल्क रहेकोले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन अनुरोध गर्नुभयो ।

उहाँले शिक्षकले आत्माअनुभूतिका साथ व्यहारिक र आन्तरिक ज्ञान विद्यार्थीलाई हस्तान्तरण गर्नुपर्ने, परामर्श सेवा प्रदान गर्ने, वैकल्पिक शिक्षाको व्यवस्थापन गर्नुपर्ने लगायतका विषयमा जोड दिनुभयो । अन्य स्थानीय तहको तुलनामा लेकममा शैक्षिक क्षेत्रमा राम्रा प्रयासहरु भईरहेको पाईएको र अझै थप प्रभावकारी प्रयासहरु सन्चालन गर्न अनुरोध गर्दै कार्यालयको तर्फबाट हुने सहकार्य र सहयोग गर्ने प्रतिवद्वता जनाउनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एंव लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले लेकममा आधारभूत शिक्षा कार्यक्रम सन्चालन गरेकोमा सामाजिक विकास कार्यालय दार्चुलालाई धन्यवाद ज्ञापन गर्दै भर्ना अभियानलाई प्रभावकारी बनाउन विद्यालयहरुलाई अनुरोध गर्नुभएको छ ।

शिक्षा क्षेत्रमा गाउँपालिकाको शिक्षा समितले राखेको लक्ष्य पाप्तिको लागि सिमित साधनहरुको प्रयोग गरेर उपलब्धि हात पार्नुपर्ने अवस्था रहेको बताउदै सबैले आ– आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्न आग्रह गर्नुभयो ।

समस्या आएपछि मात्रै समाधानको विकल्प खोजि हुने भएकोले शिक्षामा फरक परिवर्तन गर्न गाउँपालिका लागि परेको उहाँले बताउनुभयो । विद्यालयहरुमा अनौपचारिक तरिकाले सन्चालन गरेर कम श्रोत र साधनमा बढि उपलब्धि देखाउनसके मात्रै शिक्षामा गुणस्तर बढ्ने उहाँका भनाई छ ।

कार्यक्रममा बोल्दै लटिनाथ माध्यमिक विद्यालय चौपाताका प्रध्याध्यापक केशब राज बिष्टले शिक्षा क्षेत्रका समस्या चुनौती र उपलब्धिका बारेमा जानकारी गराउदै शिक्षा क्षेत्रमा प्रयाप्त बजेट व्यवस्थापन गर्नुपर्ने, क्षमताका आधारमा कर्मचारी राख्नुपर्ने र जनप्रतिनिधिहरुले शैक्षिक गतिविधिमा थप ध्यान दिनुपर्नेमा कुरामा जोड दिनुभएको थियो ।
त्यस्तै लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख केशब राज ओझाले गाउँपालिकाको शैक्षिक अवस्थाका बारेमा जानकारी गराउदै अंपागता भएका तथा अन्य कारणले विद्यालय बाहिर रहेका उमेर समुहका बालवालिकाहरुको बारेमा समेत जानकारी गराउदै अगामी शैक्षिक रणनीतिका बिषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशी, लटिनाथ माध्यमिक विद्यालय चौपाताका प्रधानाध्यापक केशब राज बिष्ट, वडा नम्बर ५ का वडा अध्यक्ष बल्देब सिंह बोहरा वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशी, शिक्षा शाखा प्रमुख केशब राज ओझा, ईलाका प्रहरी कार्यालय रिठाचौपाताका प्रहरी प्रमुख मोतिसिंह बम, सप्रोस नेपाल लेकमका फिल्ड प्राविधिक विकास कठायत, आईडिएस नेपालका विद्यालय स्वास्थ्य तथा पोषण प्राविधिक सहयोगी दिनेश सिंह धामी, गाउँपालिकाभरीका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिति रहेको सामाजिक विकास कार्यालय दार्चुलाका फिल्ड प्राविधिक राजेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?