क्रिकेटर मोहमद आदिलमाथिको प्रतिबन्ध फुकुवा

दार्चुला । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथिको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर आदिलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्न पाउने गरी प्रतिबन्ध फुकुवा भएको जानकारी गराएको हो ।

२०७९ सालको पुस ९ गतेदेखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको नेपाल टी–२० क्रिकेट लिगका क्रममा स्पट फिक्सिङको आरोप लागेपछि क्यानले आदिललाई प्रतिबन्ध लगाएको थियो ।

क्यानको इन्टिग्रिटी युनिटको प्रतिवेदनका आधारमा आदिलमाथिको प्रतिबन्ध फुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ । योसँगै अब उनी राष्ट्रिय टोलीमा फर्किन बाटो खुलेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?