आईपीएल क्रिकेट: दिल्ली र हैदरबादको खेल वर्षाका कारण रद्द

दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

हिजोको खेलमा दिल्लीले हैदराबादलाई जीतको लागि १ सय ३४ रनको लक्ष्य दिएको अवस्थामा खेल वर्षाका कारण रद्द भएको हो ।

राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर हैदराबादले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।

वर्षाको कारण खेल रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । दिल्ली १३ अङ्कसहित लिग तालिकाको पाँचौं स्थानमा छ । ७ अङ्क जोडेको हैदराबाद आठौं स्थानमा उक्लिएको छ ।

आईपीएलमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्दैछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?