वामपन्थी नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन

दार्चुला । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।

उहाँ पार्किन्सन रोगबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समय भने पूर्वमन्त्री नेपाल राजनीतिबाट निष्क्रिय रहनुभएको थियो । केहीदिन अघि अस्पताल भर्ना हुनुभएका उहाँलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो ।

पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री बन्नुभएका नेपाल नेकपा (एमाले) का पूर्व स्थायी कमिटी सदस्य समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?