दार्चुला । दार्चुलाका दुई वटा विद्यालय प्रदेश सभा निर्वाचन क्षेत्र नमुना विद्यालयमा छनोट भएका छन् । दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा दुबै निर्वाचन क्षेत्रका एक/एक वटा विद्यालय नमुना विद्यालयमा छनोट भएका हुन्।
जिल्लाको प्रदेश निर्वाचन क्षेत्र १(क) को व्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेरामा रहेको सम्पाल माध्यमिक विद्यालय सुन्सेरा र प्रदेश निर्वाचन क्षेत्र १(ख) को मार्मा गाउँपालिका वडा नम्बर ३ मा रहेको लटिनाथ माध्यमिक विद्यालय रस्कोट प्रदेश सभा निर्वाचन क्षेत्र नमुना विद्यालय कार्यक्रममा छनोट भएका हुन् ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रदेश सभा निर्वाचन क्षेत्र नमुना विद्यालय छनोट कार्यविधि-२०८१ अनुसार जिल्लाका दुई विद्यालय छनोट भएका हुन ।
प्रदेश सरकारले प्रदेशभरीका सबै जिल्लामा रहेका प्रतेक निर्वाचन क्षेत्रका एक एक सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापकिय क्षमता सुरधार गर्दै सूचना प्रविधिमा आधारित नवपर्वतनिय प्रयोगहरुको प्रोत्साहन मार्फत विद्यालय शिक्षाको गुणस्तर अभिबृद्धीको नेतृत्वदायी भूमिका खेल्न सक्ने नमुना विद्यालयको आवेदन माग गरेको थियो । सोहि आवेदनका आधारमा प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको नमुना विद्यालय कार्यक्रममा छनोट गरिएको हो ।





प्रतिक्रिया