दार्चुला । अछाममा जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का २३ बर्षीय मोहनबहादुर चन्दलाई अछाम प्रहरीले पक्राउ गरेको हो ।
अछामको मंगलसेनकी एक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा चन्दविरुद्ध २०८१ माघ ४ मा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको थियो । सोही बेलादेखि फरार रहेका चन्दलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई प्राप्त विशेष गोप्य सूचनाका आधारमा अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ५ लयाटीस्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा उनलाई बिहीबार साँझ ५ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताउनुभयो

पक्राउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?