भारत र पाकिस्तानमा रहेका नेपालीलाई आपतकालीन सहयोग चाहिएमा दूतावासमा सम्पर्क गर्न सकिने

दार्चुला । भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा सरकारले दुवै देशमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन भन्दै आपतकालीन सहयोग चाहिएमा दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले सूचना निकालेर भारतमा रहेका नेपालीलाई सङ्कटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको ठाउँको पहिचान गर्न पनि अनुरोध गरेको छ ।

सङ्कटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको ठाउँको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरूको पालना गर्न दूतावासले अनुरोध गरेको हो ।

कुनै आपतकालीन अवस्था आएमा दूतावासको आवश्यक समन्वय र सहजीकरण गर्ने सूचनामा उल्लेख छ । भारतमा रहेका नेपालीलाई अप्ठ्यारो परी आवश्यक सहयोग चाहिएमा नयाँ दिल्लीमा रहेको राजदूतावास र कोलकातामा रहेको नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?