बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु

दार्चुला । बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु भएको छ।

जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ७ सेरकाटियामा शुक्रवार बिहान घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किँदा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ।

जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा विस्फोटक पदार्थ पड्किदा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि कोल्टी अस्पताल लगिएको थियो। तर, चिकित्सकले मृत घोषणा गरेका हुन्।

विस्फोटको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?