राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षमा यज्ञ भट्ट चयन

दार्चुला । राष्ट्रिय युवा संघ बैतडीको नेतृत्व यज्ञ भट्टले पाएका छन् ।

शनिवार पाटनमा सम्पन्न १० औँ जिल्ला अधिवेशनले भट्टको अध्यक्षतामा २५ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरेको हो। संघको नयाँ कार्यसमितिमा भुवन कार्की उपाध्यक्ष, कर्ण कुवँर सचिव, दानसिंह धामी कोषाध्यक्ष, बसन्ती भट्ट र बिरेन्द्र महरा सहसचिवका रूपमा चयन हुनुभएको छ ।

भट्ट डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष समेत हुन् । राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षको जिम्मेवारी पाएपछि  भट्टले संगठनले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निभाउने प्रतिवद्धता जनाउनुभएको छ ।

जिल्लाका १० वटै स्थानीय तहबाट प्रतिनिधिहरूको उपस्थिति रहेको अधिवेशनमा नयाँ नेतृत्वलाई एकमतले अनुमोदन गरिएको नवनिर्वाचित अध्यक्ष भट्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?