अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक रहेको राष्ट्र बैंकको तथ्याङ्क

दार्चुला । अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

चालू आर्थिक वर्षको ९ महिनामा मूल्यवृद्धि ३।३९ प्रतिशतमा झरेको छ । आयात १२।२ प्रतिशतले र निर्यात ६५।२ प्रतिशतले बढेको छ भने रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब रुपैयाँले बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति १७ अर्ब ६३ करोड अमेरिकी डलर पुगेको छ ।९ महिनामा कुल विदेशी विनिमय सञ्चिति १८।९ प्रतिशत बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

गएको असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । ९ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गएको वर्षको तुलनामा १० प्रतिशत बढी हो ।यस्तै ९ महिनाको अवधिमा देशको चालू खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

गएको वर्षको यही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा थियो । शोधनान्तर स्थितिको हिसाबले यो अवधिमा ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचत देखिएको छ ।अघिल्लो वर्षको यही अवधिमा यो बचत ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति अर्थात औसत मूल्यवृद्धि ३।३९ प्रतिशतमा झरेको छ ।

गएको वर्षको यसै अवधिमा ४।६१ प्रतिशत मूल्यवृद्धि थियो । यस्तै चालु आर्थिक वर्षको ९ महिनामा सरकारको कुल खर्च ९ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?