लटिनाथ मावि चौपातामा अभिभावक भेला सम्पन्न, गुणस्तर सुधारका लागि रणनीति तयार

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित लटिनाथ माध्यमिक विद्यालय चौपातामा अभिभावक भेला सम्पन्न भएको छ ।

सोमवार (आज) विद्यालयका व्यवस्थापन समिति अध्यक्ष परमानन्द जोशी, प्रधानाध्यापक केशव राज बिष्ट, शिक्षक, अभिभावक लगायत सरोकारवालाहरुको उपस्थितिमा बसेको भेलाबाट अगामी शैक्षिक रणनीति र उद्धेश्यहरुका बारेमा विस्तृत छलफल सहित आवश्यक निर्णयहरु गरिएको विद्यालयका सहायक प्रधानाध्यापक महेश राज जोशीले जानकारी दिनुभयो ।

भेलाले विद्यालय शिक्षामा देखिएका अहिलेका समस्याबारे आवश्यक छलफल गर्दै समस्या समाधानका लागि अपनाउनुपर्ने उपाय तथा रणनीति तयार गरेको हो । खासगरी परीक्षामा नक्कल गर्ने प्रवृत्तिमा सुन्य सहनशीलता अपनाइ निराकरण गर्ने, शैक्षिक सामग्री र आइसिटीको अधिकतम प्रयोग गर्ने, देखिएका समस्या समाधान गरेर गुणस्तर अभिवृद्धि गर्ने रणनीति तय गरिएको छ।

शैक्षिक सत्र २०८३ देखि अग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालन सुरू गर्ने मावि चौपाताको तयारी छ। अहिले रिक्त कक्षाहरु व्यवस्थापन गर्ने, शिक्षक, विद्यार्थी, प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको आचारसंहिता तयार गरि कार्यान्वयन गर्ने, आवश्यकता अनुसार छात्रावासको व्यवस्थापन गर्ने, विद्यालयमा बालमैत्री वातावरण कायम गर्ने, प्रतेक कक्षाकोठा र बाहिर डस्टविनको व्यवस्थापन गर्ने, विद्यार्थीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने, पढ्दै कमाउदै कार्यक्रमलाई निरन्तरता दिने लगायतका विभिन्न निर्णयहरु गरिएको उहाँले बताउनुभयो । विद्यालयमा देखिएका समस्या र समाधानका उपाय तथा निर्धारण गरिएका रणनीति तपसिल अनुसार रहेका छन्:

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?