दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ चौपातामा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम व्यवस्थापनका सम्बन्धि सरोकारवालाहरुसंग छलफल गरिएको छ ।
सप्रोस नेपालको आयोजनामा वडा नम्बर ५ को सभाहलमा वडास्तरिय दिवा खाजा व्यवस्थापन सम्बन्धि छलफल सम्पन्न भएको सप्रोस नेपाल लेकमका फिल्ड प्राविधिक विकास कठायतले जानकारी दिनुभयो ।
वडा नम्बर ५ भित्र भान्साकोठा तथा डाईनिङ हल निर्माणका लागि अगामी आर्थिक वर्ष २०८२।८३ मा बजेट विनियोजन गर्न वडा कार्यालयलाई आग्रह गरिएको उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा पोषण सप्ताह २०८२ भव्यताका साथ बनाउने निर्णय गरिएको विद्यालय स्वास्थ्य पोषण कार्यक्रमका प्राविधिक सहयोगी दिनेश सिंह धामीले बताउनुभयो । दार्चुलाको लेकम गाउँपालिकाका ५ वटा विद्यालयहरुमा भान्साघरहरु निर्माणकार्य जारी रहेको छ ।
एकीकृत विकास समाज नेपाल (आइडिएस) र लेकम गाउँपालिकाको समन्वयमा भान्साघरहरु निर्माण भइरहेको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमका प्राविधिक सहयोगी धामीले बताउनुभएको छ ।
५ वटै विद्यालयहरुमा असार मसान्तसम्म निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यसहित भान्साघर निर्माण कार्य भइरहेको र सम्र्पुण विद्यालयहरुमा डाईनिङ हलहरु समेत आवश्यक भएकाले गाउँपालिका तथा वडा कार्यालयहरुसंग समन्वय भइरहेको बताइएको छ । भोली वडा नम्बर ४ को खरकडामा छलफलको आयोजना गरिएको उहाँले बताउनुभएको छ ।





प्रतिक्रिया