मालिकार्जुन गाउँपालिकाभरीका विद्यालयहरुमा शैक्षिक साम्रगी वितरण सुरु

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले बालवालिकाहरुलाई शैक्षिक साम्रगीहरु वितरण गरिएको छ ।

गाउँपालिकाको वार्षीक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाभरीका बालविकास कक्षा देखि कक्षा तीन सम्मका सम्पुण विद्यार्थीहरु तथा कक्षा ४ देखि १२ सम्म अध्ययनरत टुहुरा बालवालिकाहरुलाई शैक्षिक साम्रगी वितरण गरिएको गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीले जानकारी दिनुभयो ।

विगत तीन वर्षबाट सञ्चालन हुदैँ आएको “उपाध्यक्षसंग बालवालिका शिक्षा सुरक्षा” कार्यक्रम अन्तरगत बालवालिकाहरुलाई शैक्षिक साम्रगी वितरण गरिएको उहाँले बताउनुभयो । जअनुसार हिजो गाउँपालिकाभरीका १८ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक साम्रगीहरु बितरण गरिएको उपाध्यक्ष धामीले बताउनुभयो । गाउँपालिकाको २० लाख बजेटमा पालिकाभरीका विद्यालयहरुमा शैक्षिक साम्रगीहरु वितरण भइरहेको बताइएको छ । पालिकाभरीका विद्यालयहरुमा जेठ २ गतेसम्म शैक्षिक साम्रगी वितरण गरिने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?