कञ्चनपुरमा मलामी गइरहेका सशस्त्रका हवल्दारको ट्याक्टरबाट खसेर मृत्यु

दार्चुला । कञ्चनपुरमा मलामी जादै गरेका सशस्त्रका हवल्दारको दुर्घटनामा मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ८ तिलाचौरका ४२ वर्षीय नकुल रानाको छिमेकी गुरुङ थरकी महिलाको मलामी जादै गर्दा दुर्घटनामा मृत्यु भएको हो।
भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रहमदेवस्तिथ सडकमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेका रानाको मृत्यु भएको छ।

ट्याक्टरबाट खसेर घाइते भएका रानाको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। राना सशस्त्र प्रहरीबाट सेवा निवृत्त हवल्दार हुन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?