दार्चुलामा अनेरास्ववियुकाे ६१औं स्थापना दिवस: क्यालेन्डर विमोचन देखि सम्मान कार्यक्रम

दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले ६१औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।

अनेरास्ववियु दार्चुलाले स्थापना दिवसको अवसरमा नयाँ वर्ष २०८२ काे क्यालेन्डर (भित्तेपात्राे) लाेकार्पण, पुर्व जिल्ला अध्यक्षहरू र केन्द्रीय सदस्यहरुलाई सम्मान तथा निर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम आयोजना गरेको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले बताउनुभयो । संगठनका जिल्ला अध्यक्ष नरेन्द्र जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा (एमाले) पाेलिटब्युराे सदस्य एवम् दार्चुला इन्चार्ज गणेश सिह ठगुन्नाकाे प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहभागी अतिथिहरूले अनेरास्ववियुले स्थापना दिवसमा रचनात्मक कार्यक्रम गरेको भन्दै प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?