दार्चुला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले त्रिभुवन विश्व विद्यालय अन्तरगत रहेका दार्चुलाका क्याम्पसको परीक्षा केन्द्र पूर्ववत् राख्न माग गरेको छ।
आगामी जेष्ठ ६ गतेदेखि सञ्चालन हुने स्नातक तह चौथो बर्षको परीक्षाको तालिका अनुसार जिल्लामा रहेका त्रिवि अन्तरगतका ५ वटै क्याम्पसको केन्द्र राष्ट्रिय क्याम्पस दत्तुमा कायम गरिएको प्रति असन्तुष्टी जनाउदै अनेरास्ववियु दार्चुलाले परीक्षा केन्द्रबारे पुर्नरविचार गर्न माग गरेको हो ।
दत्तुमा परीक्षा केन्द्र राख्दा अन्य ठाउँबाट परीक्षा दिने परीक्षार्थीको लागि केन्द्र भौगोलिक रुपमा टाढा पर्ने, कृष्ण स्नातक क्याम्पस लाली र अपिनाम्पा क्याम्पस हुतीबाट आउने परीक्षार्थीले भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्था आउने भएकोले त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा केन्द्र पूर्ववत् राख्न आग्रह गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले बताउनुभयो ।
भौगोलिक रुपले टाढा रहेको क्याम्पसमा अवैज्ञानीक, अव्यवहारिक र मनोमानि तवरले परीक्षा केन्द्र तोकेको प्रति अनेरास्ववियु दार्चुलाले ध्यानाकर्षण भएको जनाएको छ।
त्रिवि परीक्षा नियन्तरण कार्यालयले गरेको अवैज्ञानीक र अव्यवहारिक निर्णयले विद्यार्थीले स्वच्छ, शान्त र मर्यादित वातावरणमा परीक्षा दिन पाउने अधिकारको हनन् हुने अध्यक्ष जोशीले बताउनुभयो ।
दार्चुलामा त्रिवि अन्तरगतका ५ वटा क्याम्पस रहेका छन् । यस अघि जिल्लाको मालिकार्जुन गाउँपालिकामा रहेको शंकरपुर क्याम्पस पस्ती बाहेक त्रिवि अन्तरगतका सबै क्याम्पसमा परीक्षा केन्द्र रहेका थिए । अहिले त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जिल्लाका ५ वटै त्रिवि अन्तरगतका क्याम्पसको परीक्षा केन्द्र राष्ट्रिय क्याम्पस दत्तुमा राख्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
यो निर्णयले व्याँस गाउँपालिकामा रहेको अपिनाम्पा क्याम्पस हुती र लेकम गाउँपालिकामा रहेको कृष्ण स्नातक क्याम्पस लालीका परीक्षार्थीले भारतको बाटो भएर परीक्षा केन्द्र पुग्नुपर्ने बाध्यता आएको छ, भने लटिनाथ क्याम्पस मार्माका परीक्षार्थीले एक दिनको बाटो भएर परीक्षा केन्द्र पुग्नुपर्ने अवस्था आएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष जोशीले बताउनुभयो ।
“त्रिवि परिक्षा नियन्त्रकको गलत निर्णयले परीक्षार्थीले भारतको बाटो भएर परीक्षा केन्द्र पुग्नुपर्ने बाध्यता भएको छ, भारतले अहिले सिमानाकामा कडाई गरेको छ यसरी परीक्षा दिन आउदा अर्काे देशको बाटो भएर आउनुपर्ने अवस्था शिर्जना हुँदा विद्यार्थीको मनोबल कम्जोर हुनुका साथै विद्यार्थीलाई मानसिक असर र आर्थिक समस्या थपिने हुन्छ” अध्यक्ष जोशीले भन्नुभयो ।
दत्तुमा परीक्षार्थीहरुले कोठा भाडाँमा बस्न समेत पर्याप्त भौतिक संरचना नहुँदा अर्काे समस्या हुने उहाँले बताउनुभयो ।
“दत्तुमा परीक्षार्थीहरुलाई कोठा गरि बस्न पनि त्यती सहज छैन, खंलगामै कोठा गरि बस्नु पर्ने हुन्छ । त्यसरी परीक्षार्थीलाई दोहोरो आर्थिक र मानसिक तनाव थपिन्छ । मार्मा गाउँपालिकामा रहेको लटिनाथ क्याम्पस मार्माका परीक्षार्थीलाई परीक्षा केन्द्र पुग्न एक दिनको समय लाग्ने अवस्था आएको छ तसर्थ अनेरास्वयु दार्चुला यो अव्यवहारिक, अवैज्ञानिक र अन्यायपुर्ण निर्णयको बिरोध गर्दछ” अध्यक्ष जोशीले थप्नुभयो ।
परीक्षार्थीले उच्च मनोवलका साथ परीक्षामा सहभागि हुन पाउने अधिकारको सुनिश्चिता गर्दै यो निर्णयको पुर्नरविचार गर्न अनेरास्ववियु दार्चुलाले माग गरेको छ।
क्याम्पसहरुमा यस अघि रहेका पूर्ववत् परीक्षा केन्द्र यथावत राखि परीक्षा सञ्चालनको व्यवस्था गर्न त्रिवि परीक्षा नियन्त्ररण कार्यालय संग जोडदार माग गरिएको अध्यक्ष जोशीले बताउनुभयो ।
अन्यथा त्रिवि परीक्षा नियन्त्ररण कार्यलयको अवैज्ञानिक, अव्यवहारिक तथा स्वइच्छारी निर्णयको प्रतिकारमा उत्रिने अनेरास्ववियु दार्चुलाले चेतावनी दिएको छ।






प्रतिक्रिया