दार्चुला। दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मा रहेका विद्यालयहरुको स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम व्यवस्थापनका सम्बन्धि सरोकारवालाहरुसंग छलफल गरिएको छ ।
सप्रोस नेपालको आयोजनामा वडा नम्बर ३ का विद्यालयहरुको दिवा खाजा व्यवस्थापन सम्बन्धि छलफल सम्पन्न भएको सप्रोस नेपाल लेकमका फिल्ड प्राविधिक विकास कठायतले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय स्तरमा उत्पादन गरिएका तरकारीहरुको गुणस्तर, विद्यालय दिवा खाजाको डकुमेन्ट्री एकरुपता, आर्थिक बर्ष २०८२/८३ को बजेटमा स्थानीय उत्पादनमा आधारिक दिवा खाजामा जोड दिने लगायतका विषयमा छलफल भएको उहाँले जानकारी दिनभयो ।
वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष हरि दत्त जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडा नम्बर ३ भित्रका १३ वटा विद्यालयका विव्यस अध्यक्ष, प्रधानाध्यापक लगायत सरोकारवालाहरुको उपस्थिती रहेको कठायतले जानकारी दिनुभयो ।





प्रतिक्रिया