पुर्चौडीमा धारिलो हतियार प्रहारबाट २ जना बृद्ध महिला घाईते, एकजना पक्राउ

दार्चुला । बैतडीमा धारिलो हतियार प्रहारबाट दुई जना बृद्ध महिला गम्भिर घाईते भएका छन् ।

जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ६ रपनाका २० वर्षीय धनवीर धानुकले ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया द्रोपती धानुकमाथि धारिलो हतियार प्रहार गरेर गम्भिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एंव सूचना अधिकारी बल्देब बडूले जानकारी दिनुभयो ।

शनिवार (आज) विहान ११ बजेतीर धनवीरले दुबै जना बृद्ध महिलामाथि धारिलो हतियार प्रहार गरेको उहाँले बताउनुभयो । घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ भने द्रोपती धानुकको बाँया कानमा चोट लागेको छ । घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

हतियार प्रहार गर्ने धनवीरलाई इलाका प्रहरी कार्यालय ढोल्यामोडले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?