दार्चुला । बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना वडा अध्यक्ष घाइते भएका छन् ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ तालिगडा भन्ने स्थानमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा सोही वडाका वडा अध्यक्ष मीनबहादुर चन्द घाइते भएका पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताउनुभयो ।
गाउँपालिकाबाट घर फर्ता हुने क्रममा अध्यक्ष चन्द सवार मोटरसाइकल दुर्घटनामा परेको हो । अध्यक्ष चन्दको टाउको र खुट्टामा चोट रहेको बताइएको छ ।
वडा अध्यक्ष चन्दको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको उपाध्यक्ष भट्टले बताउनुभयो।





प्रतिक्रिया