दार्चुला । बैतडीमा भन्सार छलीको अवैध बिँडी बरामद गरिएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ सेरा महाकाली नदी किनारबाट बेवारिसे अवस्थामा रहेको २ लाख ८२ हजार बराबरको १० पेटी बिँडी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।
प्रहरीचौकी सेराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान र दिउँसो गरेर अवैध बिँडी बरामद गरेको प्रहरी निरीक्षक बडूले बताए । बिहान १ बजेको समयमा १ लाख १० हजार बराबरको ४ पेटी र दिउँसो ३ बजेको समयमा १ लाख ७२ हजार बराबरको ६ पेटी बिँडी बरामद गरिएको उहाँले जानकारी दिनुभयो।
उक्त बिँडी भारतबाट अवैध रुपमा ल्याएको बुझिएको छ । बरामद गरिएको बिँडी आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइने प्रहरी निरीक्षक बडूले बताउनुभयो ।
भारतसंग सीमा जोडिएको महाकाली किनार क्षेत्रमा प्रहरीले सक्रियता बढाएको प्रहरी निरीक्षक बडूले बताए । भन्सार छलीका सामग्री आयत हुनसक्ने अवस्थालाई मध्यनजर गरेर प्रहरी टोली खटाइएको ।





प्रतिक्रिया