नवनियुक्त गभर्नर पौडेलद्वारा शपथ तथा पदभार ग्रहण

दार्चुला । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले शपथ ग्रहण गर्नुभएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

शपथ ग्रहण गरेसँगै पौडेलले राष्ट्र बैंक पुगेर पदभार ग्रहण गर्नुभएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिनुभयो । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले हिजो डा। पौडेल, कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिश गरेको थियो ।

बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सत्ता साझेदार दलबीच झन्डै डेढ महिना लामो रस्साकस्सीपछि पौडेल गभर्नर नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?