बैतडीको सुर्नयामा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको आफन्त रमेश बोहराले बताउनुभएको छ

शुक्रबार बिहान ९ बजेतिर भालुपण एकलकट्टा भन्ने भीरबाट लडेर उनको मृत्यु भएको आफन्त बोहराले बताउनुभयो । बोहरा भीरबाट झन्डै डेढ सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको हो ।

उनका एउटा ७ वर्षीय र अर्का ६ महिनाको छोरा छन् । उनी दुई वर्षअघि पनि भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । शुक्रबार भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएपछि ६ महिने छोराको बिचल्ली भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?