दार्चुला । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ। पोखरा सभागृहमा मंगलबार भएको मतदानबाट सुमन पुरीलाई पराजित गर्दै थेबे दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत प्राप्त गर्नुभएको छ । थेबे १८८ मतले विजयी भएको निर्वाचन समितिले जनाएको छ।
युवा संघमा निर्वाचित पदाधिकारीहरू
अध्यक्ष : क्षितिज थेवे
उपाध्यक्ष : महारज गुरुङ
उपाध्यक्ष : विनय शाह
महासचिव : महेश चौलागाईं
उपमहासचिव : उपेन्द्र शाही
सचिव : निसा लिम्बू
सचिव : मोविन अख्तर अलाम
सचिव : अरुण कुवर
सचिव : मदन भन्डारी





प्रतिक्रिया