भिजिट भिसा प्रकरणमा कुनै संलग्नता नरहेको गृहमन्त्री लेखकको भनाई

दार्चुला । आज नयाँ बानेश्वरमा रहेको संसद् भवनमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध राजनीतिक रूपमा पूर्वाग्रह राखी षड्यन्त्र भएको दाबी गर्नुभएको हो ।

गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थराज भट्टराई २०७७ सालदेखि गृह मन्त्रालय मातहत रहेर काम गरिरहेका भन्दै विभिन्न विभागमा महानिर्देशक भएर काम गरिसकेको मान्छे अध्यागमन विभागको प्रमुख भएर काम गर्न गएको बताउनुभयो । साथै उहाँले पछिल्लो पटक अचानक सरुवा नगरेको बताउनुभयो ।

गृहमन्त्री लेखकले राजनीतिक वा सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि पनि निरन्तर रूपमा छानबिन हुने गरेको भन्दै यसलाई पनि त्यसैगरी लिन आग्रह गर्नुभएको छ । उहाँले अख्तियारले कर्मचारीमाथि छानबिन गर्दा कुन कुन मन्त्रीले राजीनामा दिएका छन् भनेर प्रश्न पनि गर्नुभयो ।

पछिल्लो तीन आर्थिक वर्षमा अख्तियारमा ६४ हजार ६१ वटा उजुरी दर्ता भएका र ती सबैमा कुनै न कुनै मन्त्रालय, विभाग वा कार्यालयका राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पद धारण गरेका पदाधिकारी जोडिएको भन्दै त्यस्ता कुनै मुद्दामा मन्त्रीले राजीनामा नदिएका लेखकले दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?