कांग्रेस नेता मोहम्मद अफताव आलमले पाए उच्च अदालतबाट सफाइ

दार्चुला । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमसहित चार जनालाई सफाइ दिएको छ।

न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले उनीहरूलाई बुधबार सफाइ दिएका हुन्। जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको नरसंहारको अभियोगमा उनलाई दोषी ठहर गरेको थियो। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका रजिस्ट्रार दीपक भण्डारीका अनुसार आलमसहित चार जनाले सफाइ पाएका हुन्।

‘वरदात पुष्टि हुन नसकेकोले जिल्ला अदालतको फैसला उल्टाउँदै उहाँहरूलाई उच्च अदालतले सफाइ दिएको हो,’ उहाँले भन्नुभयो , ‘मोहम्मद अफताव आलम, मोहम्मद महताव आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले सफाइ पाएका हुन्।’

उनीहरूमाथि इँटाभट्टामा ज्युँदै मानिस पोलेको अभियोग थियो। रौतहट जिल्ला अदालतबाट मोहम्मद अफताव आलम सहितलाई जन्मकैदको सजाय भएको थियो।२०६४ चैत २८ गते भएको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा बिस्फोट भएको थियो।

प्रहरीको अनुसन्धानको क्रममा आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरुलाई ट्रयाक्टरमा राखी इँटा भट्टामा जलाएको देखिएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?