देशका केहि क्षेत्रमा आज दिउँसो पनी वर्षाको सम्भावना

दार्चुला । काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा राति पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । अरु ठाउँको तुलनामा मकवानपुर, तनहुँ र गुल्मीमा ठूलो पानी परेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका थोरै ठाउँहरुमा र बाँकी भूभागका एक(दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले पर्सि शनिवारसम्म पूर्वी भू–भागबाट मनसुन प्रवेश हुने प्रक्षेपण गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?