पुर्चौडीको महरागाउँमा रुखबाट खसेर एक जनाको मृत्यु

दार्चुला । बैतडीमा रुखबाट लडेर एक वृद्धको ज्यान गएको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर १० बिजयपूर महरागाउँ (मछाईन) बस्ने ८२ वर्षीय नरसिंह महराको रुखबाट खसेर ज्यान गएको मृतकका नातिनी हजारी महराले जानकारी दिनुभयो । स्याउला काट्ने क्रममा बुधवार (हिजो) विहान १० बजेतिर रुखबाट लडेर घटनास्थलमै उहाँको ज्यान गएको बताइएको छ ।

मृतक महराका छोराको केहि वर्ष पहिलेनै भारतमा मृत्यु भएको थियो । मजदुरी र खेतीपाती गरेर परिवार पाल्दै आएका महराको निधन भएपछि सिंगो महरागाउँ शोकमग्न बनेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?