कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार पुग्यो

दार्चुला । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब नबढाई महँगी भत्ता बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्‍मा बजेट पेश गर्दै महँगी भत्ता बढाए पनि स्रोत अभावले राष्ट्रसेवक कर्मचारीको तलब बढाउन नसकिएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले कर्मचारीले मासिक रूपमा पाउने महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइएको बाताउनुभयो । बहालवाला कर्मचारीले तलबबाहेक मासिक रूपमा महँगी भत्ताबापत २ हजार रुपैयाँ र वार्षिक रूपमा पोसाक भत्ता १० हजार रुपैयाँ पाउँदै आएका छन् । त्यसअनुसार ३ हजार रुपैयाँ भत्ता थपिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?