बैतडीको पुर्चौडीबाट १५ लाख ३० हजारको बिडीसहित २ जना पक्राउ

दार्चुला । बैतडीमा १५ लाख ३० हजारको ११ पेटी बिडीसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर १० बिजयपुरबाट पुर्चौडी नगरपालिका वडा नम्बर १ बसपार्क तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १७१३ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १५ लाख ३० हजार बराबरको बिडी ११ पेटी र उक्त जिपसहित चालक बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय मान सिंह धामी र जिपको साहु पुर्चौडी नगरपालिका वडा नम्बर १० बस्ने २८ वर्षका दिनेश महरालाई प्रहरीले पक्राउ गरेको छ।

दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको जनाएको छ। नियन्त्रणमा लिएको उक्त सामान, जिप र दुबै जनालाई आवश्यक कारबाहीको लागि महाकाली भन्सार कार्यालय झुलाघाट बैतडी पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?