दार्चुला । टिप्परले ठक्कर दिँदा बैतडीको पाटन नगरपालिकामा कार्यरत कार्यालय सहयोगी मन्धिरसिंह बिष्टको निधन भएको छ ।
शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर १३, राजपुर चोकस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००१– त २६४५ नम्बरको टिप्परले ठक्कर दिँदा ५३ बर्षीय बिष्टको मृत्यु भएको हो ।
पाटन नगरपालिका वडा नम्बर ६ घर भएका बिष्टलाई सडकमा बाटो क्रस गर्ने क्रममा टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
यसैबीच पाटन नगरपालिकाले आइतबार शोक बिदा दिएको छ । नगरपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत बिष्टको निधनले नगरपालिकालाई अपूरणीय क्षति भएको नगरपालिकाले जनाएको छ ।
बिष्टको निधनमा आइतबार नगरपालिका मातहतका सबै सरकारी कार्यालयहरुमा शोक बिदा दिइएको नगर प्रमुख गौरीसिंह रावलले बताउनुभयो ।





प्रतिक्रिया