दार्चुला । बैतडीमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ टाक बस्ने ७० बर्षीया धनपती नाथको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।
घर नजिकैको जंगलमा घाँस काट्न गएकी नाथ शनिबार दिउँसो भीरबाट लडेर २ सय मिटर तल खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा दिउँसो ३ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक नाथको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो।





प्रतिक्रिया