आईपीएल क्रिकेट: फाइनलमा पुग्न आज मुम्बई र पन्जाब खेल्दै

दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई इन्डियन्स र पन्जाब किङ्ग्स खेल्दैछन् । यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

अस्ति भएको इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा पुगेको हो । उसले गुजरातलाई २० रनले हरायो ।

पन्जाब पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग पराजित हुँदा दोस्रो क्वालिफायर खेल्न लागेको हो । बेङ्गलुरुले पन्जाबलाई ८ विकेटले हराएको थियो ।

आज हुने दोस्रो क्वालिफायरको विजेता टोलीले उपाधिका लागि पर्सि मङ्गलवार रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० सँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?